उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) अन्तरगत प्रदेश अधिवेशन प्रतिनिधिमा दुई जना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
खस आर्य महिलातर्फ प्रदेश अधिवेशन प्रतिनिधिमा सावित्राकुमारी बस्नेत र आदिबासी जनजाति महिलातर्फ देवीकला राई सर्वसम्मत निर्वाचित हुनु भएको हो ।























