उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र उर्लाबारीको ९ वटै वडाको भोली एकै साथ प्रथम अधिबेशन हुँदैछ ।
वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको माओवादी नेता गजेन्द्र दंगालले जानकारी दिनुभयो । वडामा नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न हुनेछ । जसका लागि ९ वटै वडामा निर्वाचनका लागि टोली खटाइएको छ । नयाँ उर्जाका साथ माओवादी केन्द्रले उर्लाबारीमा संगठन विस्तार अभियान सुरु गरेको छ ।























