काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा एक हजार २४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ हजार १४५ र एन्टिजेन विधिबाट २ हजार ९९१ एन्टिजेन परीक्षण गरिएकोमा एक हजार २४२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख १४ हजार ९५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ९९ हजार ९८९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०३ जना रहेको छ ।

हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४९५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय