उर्लाबारी, मोरङको उर्लाबारीका नौ वटै वडामा नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएको छ । देशभरका वडामा आज एकैदिन वडा अधिवेशन गर्ने माओवादीको निर्णय अनुसार आज उर्लाबारीमा पनि वडावडामै अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले ९ वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार वडा नं. १ को अध्यक्षमा पवन धिमाल, वडा नं. २ को अध्यक्षमा कृष्ण दाहाल चयन हुनुभयो । यस्तै, वडा नं. ३ मा कवि धिमाल, वडा नं. ४ मा मिलन दाहाल, वडा नं. ५ मा राजीव लिम्बू, वडा नं. ६ मा सूर्यविक्रम याक्खा, वडा नं. ७ मा बुलन पासवान, वडा नं. ८ मा सविन घिमिरे र वडा नं. ९ मा बासु अधिकारी अध्यक्ष चयन हुनु भएको छ । प्रत्येक वडाबाट ४ जना सदस्य बराबर एक जना नगर प्रतिनिधिसमेत छनौट गरिएको छ ।























