उर्लाबारी । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ (क) को सभापतिमा नरबहादुर मोक्तान विजयी हुनु भएको छ । मधुमल्ला पार्टी प्यालेसमा सम्पन्न मतदानको अन्तिम मत परिणाम अनुसार दुई प्रतिस्पर्धीलाई उछिन्दै मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागो पक्षका मोक्तान विजयी हुनु भएको हो । सभापतिमा मोक्तानले १३० मत प्राप्त गर्नुभयो भने प्रत्यासी अर्जुन तुम्रोकले ९६ र वीरबल थापाले ३८ मत पाउनुभयो ।
यस्तै, उपसभापतिमा चुडामणि निरौला (प्रकाश) र राजकुमार पोमू लिम्बू (लोलिम) विजयी हुनुभयो । दुबै जना फागो पक्ष हुनुहुन्छ । निरौलाले १७२ मत र लिम्बूले १४९ मत पाउनुभयो । उपसभापतिका प्रत्यासी सोमप्रसाद तिम्सिना (राम) ले १२० मत प्राप्त गर्नुभयो । यस्तै, सचिवमा कोमलप्रसाद ढकाल र नारदमणि नेपाल विजयी हुनुभयो । दुबै जना फागो पक्ष हुनुहुन्छ । ढकालले १४७ र नेपालले १३८ मत पाउनुभयो । सचिवका प्रत्यासी रेसबहादुर कटुवालले ७१ र भानुभक्त कटुवालले ८९ मत प्राप्त गर्नुभयो । सहसचिवमा नारायण धिमाल १६८ मत र नेत्रप्रसाद आपागाई १५९ मत प्राप्त गरी विजयी हुनुभयो । दुबै जना फागो पक्ष हुनुहुन्छ । सहसचिवका अर्का प्रत्यासी गणेश राईले १०१ मत प्राप्त गर्नुभयो ।
प्रदेश अधिवेशन प्रतिनिधि खुलातर्फ गञ्जबहादुर कार्की १३५, मनोज सुवेदी १२७, जयधर्म आचार्य ११३, टंकबहादुर राई १०७, सुरेन्द्रबहादुर कार्की १०२, नारायणप्रसाद आचार्य ९८, ओमकुमार दाहाल ९६ मत प्राप्त गरी विजयी हुनुभयो । खस आर्यतर्फ जितबहादुर खत्री १३९ मत प्राप्त गरी विजयी भए । आदिवासी जनजाति प्रदेश प्रतिनिधिमा सुवास लामा १७६ र डिल्लीराम लिम्बू (१३९) विजयी हुनुभयो । प्रदेश अधिवेशन प्रतिनिधिमा यसअघि प्रत्यक्ष महिलामा निर्मला सिटौला, संगीता धिमाल र तुला मिभक, खस आर्य महिलातर्फ सावित्राकुमारी बस्नेत, आदिवासी जनजाति महिलातर्फ देवीकला राई निर्विरोध निर्वाचित हुनुभएको थियो । प्रदेश अधिवेशन प्रतिनिधि पनि फागो पक्ष हाबी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय