उर्लाबारी । विजय कुमार कार्की नेपाली कांग्रेसमा चिरपरिचित नाम हो । पूर्वी मोरङकै पूराना कांग्रेस नेताको छबी बनाउनु भएका कार्की नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि मोरङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य) बाट प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । २०३६ सालबाट नेपाली कांग्रेसको सक्रिय राजनितिमा लाग्नु भएका कार्कीले पार्टीको बिभिन्न पदमा रही जिम्मेवारी निर्वाह समेत गरिसक्नु भएको छ । उर्लाबारी गाविसको पहिलो गाउँ सभापतिको रुपमा दुई कार्यकाल कांग्रेसको नेतृत्व गर्नुभएको थियो भने जिल्ला सदस्यलगायत पदमा रहेर काम गर्नुभएको छ । विभिन्न संघसंस्थामा रहेर उहाँले सामाजिक सेवाको काम पनि गर्नुभएको छ । उहाँ २०४८ सालमा भएको निर्वाचनमा उर्लाबारी गाविसको अध्यक्षको उम्मेद्वारसमेत बन्नु भएको थियो । उहाँले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य) मा उम्मेद्वारी दिने र त्यसका लागि सबैले सहयोग गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।























