उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख तथा मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागो पुनः क्षेत्रीय सभापति बन्ने घोषणा गर्नुभएको थियो । चुनाबी रमझम पनि निकै बढेको थियो । आज क्षेत्रीय अधिवेशनका लागि उर्लाबारी–८ स्थित एभरेष्ट फर्न पार्कमा उम्मेद्वारी दर्ता कार्यक्रम राखिएको थियो । निकै उत्साह अधिवेशनको थियो । सभापतिमा फागोलाई जिताउन अपिल गरिएका बोर्डहरु राखिएको थियो । बोर्डहरुले स्पष्ट संकेत गर्थियो, पुनः सभापतिको उम्मेद्वार फागो नै बन्नुहुन्छ । उम्मेद्वारी दर्ताको समय सकिँन १० मिनेट अगाडि उम्मेद्वार दर्ताका लागि आउनु भएका फागोले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी हालेपछि खैलाबैला भयो । फागोसँग नजिक रहेर पार्टीको काममा कटिबद्ध लागि परेका पनि चकित बने । फागोले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी हालेपछि कार्यकर्तामा निराशा पैदा भएको थियो । लामो समयदेखि पार्टीको कमाण्ड सम्हालेर उर्जाशिल कांग्रेस बनाउन फागोको महत्वपूर्ण भूमिका खेलेको कुरा जगजाहेर छ । कमजोर अवस्थामा रहेको कांग्रेसलाई मोरङ क्षेत्र नं. १ का सशक्त बनाउन, युवा परिचालनलगायत काममा फागोले योगदान छ । फागोको उम्मेद्वारी क्षेत्रीय सभापतिमा नपरेपछि कार्यकर्ताहरुले आक्रोश पनि पोखे । कतिपयले त उम्मेद्वारी नै फिर्ता लिने सोचमा समेत पुगेका थिए । फागोविरोधीहरु भने सल्बलाएका छन् । सुकिला मुकिला र आर्थिक सम्पन्न भएकाहरुको मात्रै कांग्रेस होइन भन्ने भावना स्थापित गराउन फागो लागि पर्नुभएको थियो । फागोले क्षेत्रीय प्रतिनिधिमा समेत आर्थिक अवस्था कमजोर रहेकालाई समेत प्रतिनिधित्व गराउनुभएको थियो । फागोले क्षेत्रीय सभापतिमा उम्मेद्वारी नदिएपछि फेरि पनि कांग्रेस कमजोर बन्ने चिन्ता प्रकट गर्न थालेका छन् । पुनः एक कार्यकालय क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका फागो पछि सर्नुलाई विभिन्न टिकाटिप्पणीसमेत गर्न थालिएको छ ।























