काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ८ हजार ७२९ जनाको आरटी–पीसीआर गर्दा ३१३ जना र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी आज ३५१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५०९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८९० जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ७ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४५ लाख ७६ हजार ९६६ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ७ हजार ३०० जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय