काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ राष्ट्रिय महाधिवेशनमा चुनाव लडेर भोट ल्याउनु नै व्यवस्थापन भएको बताएका छन् ।
मंगलबार महाधिवशेन सम्बन्धी सम्पादकहरुसँग अन्तरक्रिया गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले नेतृत्व चयनमा सहमतिका लागि आग्रह गर्दा दवाव दिएको हुने बताउँदै केही नबोल्ने बताएका छन् ।
मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको हुने भएकाले केही नबोल्ने उनले बताए ।
अध्यक्ष ओलीले भने, भरसक कर लगाएर उठिदिनुस् भन्न परोस्, कामको मूल्यांकनका आधारमा तपाईं बसिदिनुस् भन्न परोस्, भएन भने चुनाव हुनु राम्रो ।’
उनले अघि भने, ‘सहमतिका लागि दबाब दिन्नँ, लोकतन्त्र हो भनेर उकास्नुपर्छ भन्ने नीति पनि लिन्नँ ।’
‘त्यसकारण यो पक्ष, त्यो पक्षको व्यवस्थापन भन्ने छैन । चुनाव लडेर भोट ल्याउनुपर्छ, त्यही हो व्यवस्थापन’ उनले भने ।























