उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ को सह–सचिबसहित क्षेत्रीय सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतदान कार्यक्रम सकिएको छ भने आजै राति मतगणना हुने भएको छ ।
मोरङ क्षेत्र नं. १ मा ६ सय ५९ मतमध्ये ६ सय ३४ मत खसेको जनाइएको छ । सभापति र सचिब पदमा सर्वसम्मत चयन भएको छ भने अन्य पदमा निर्वाचन भएको थियो । लेटाङ नगरपालिकाका मेयर शंकर राई मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ भने सचिबद्धयमा पर्वत राई र भीम पोख्रेल सर्वसम्मत चयन हुनु भएको थियो ।























