उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ बाट सर्वाधिक मतका साथ उर्लाबारी नगरपालिकाका मेयर तथा निर्वतमान क्षेत्रीय सभापति खड्ग फागो केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
आज विहान सम्पन्न मतगणनाअनुसार फागोले ५ सय २२ मत ल्याएर विजयी हुनु भएको हो । ६ सय ५९ मतदाता रहेको मोरङ क्षेत्र नं. १ मा ६ सय ३४ मत खसेको थियो । खुल्लातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि १० जनाका लागि ३० जनाबीच प्रतिष्पर्धा भएको थियो ।
वर्तमान सभापति डिगबहादुर लिम्बूले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ४ सय ८९ मत ल्याएर दोस्रो हुँदै विजयी हुनुभयो भने २ सय ८४ मतका साथ अर्जुन तुम्रोक तेस्रो स्थानमा रहँदै विजयी हुनुभयो । त्यस्तै, खड्ग बहादुर श्रेष्ठ (साने) २ सय ५९ मतका साथ चौथो स्थानमा रहनुभयो । त्यस्तै, केराबारी गाउँपािलका अध्यक्ष रोहितबहादुर कार्कीले २ सय ४६ (पाँचौं), ललित अधिकारी २ सय ३८ (छैठौं), इन्द्रबहादुर लिम्बू २ सय २३ (सातौं), चिञ्जिबी थापा १ सय ७६ (आठौं), रामप्रसाद पोख्रेल १ सय ५७ (नवौं) र रंगलाल तामाङ (दशौं) स्थानमा रहेर विजयी हुनुभयो ।
खस आर्य महिलातर्फ आरतीदेवी पोख्रेल २ सय ८ मत ल्याउँदै विजयी बन्नुभयो भने उहाँकी प्रतिष्पर्धी दिब्यादेवी बस्नेतले १ सय ९१ मत ल्याउनुभयो । त्यस्तै, खस आर्य खुल्ला तर्फबाट मातृकाप्रसाद न्यौपाने १ सय ८० र विजयकुमार कार्की १ सय ५० मत ल्याउँदै विजयी बन्नुभयो । उहाँहरुका प्रतिपष्र्धी ज्ञानेन्द्र ढकालले १ सय ४२, थिरप्रसाद फुयलले ९७, होमबहादुर भण्डारीले ७१ र हेमसागर नेपालले ५२ मत ल्याउनुभयो । त्यस्तै, आदिबासी जनताति महिलातर्फ बानु सुब्बा २ सय ३४, ताराकुमारी राई २ सय १६ र जानुकादेवी राई २ सय ४ मत ल्याएर विजयी हुनुभयो । उहाँहरुका प्रतिष्पर्धी दुर्गावति लिम्बूले २ सय १ र शोभितमाया तामाङ १ सय ७७ मत ल्याउनुभयो । आदिबासी जनजाति खुल्लामा देवराज चाम्लिङ ३ सय २७ र दिपेन्द्र धिमाल २ सय ९९ मतका साथ विजयी हुनुभयो । त्यस्तै, समावेसी दलिततर्फ सितादेवी विश्वकर्मा १ सय ७८ मतका साथ विजयी हुनुभयो । समावेशी अपाङ्गमा कुमार कँडेल (राजन) निर्बिरोध निर्वाचित हुनुभयो । महिला खुल्लातर्फ शोभा चेम्जोङ पालुङ्वा ३ सय ६४ मत, सीता कार्की २ सय १८ मत, उषा राई १ सय ९८ र गोमा नेपाल सापकोटा १ सय ८६ मतका साथ विजयी बन्नुभयो ।























