उर्लाबारी । मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापति शंकर राई सर्वसम्मत क्षेत्रीय सभापति बन्नुभयो । सभापतिमा राईको मात्रै उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत क्षेत्रीय सभापति चयन हुनु भएको हो । उपसभापतिमा विधान बमोजिम मोरङ क्षेत्र नं. १ क का सभापति नरबहादुर मोक्तान र ख का सभापति राजकुमार रहने ब्यवस्था छ । सचिबमा पर्वत राई र भीमप्रसाद पोख्रल सर्वसम्मत चयन हुनुभयो । त्यस्तै, सहसचिबमा अरुणा थापा ३ सय ३५ र नविन लिम्बू २ सय ५ मतका साथ विजयी हुनुभयो । कोषाध्यक्ष कार्यसमिति सदस्यमध्येबाट मनोनित गर्ने ब्यवस्था छ । महलिा सदस्यमा राधादेवी बोहोरा २ सय १३ मतका साथ विजयी बन्नुभयो । त्यस्तै, खुल्ला सदस्यमा देबराज चाम्लिङ २ सय २९ मत, प्रकाश कन्दङ्वा १ सय १८ र गन्जसिंह मगर १ सय १६ मतका साथ विजयी बन्नुभयो । खस आर्य खुल्लाबाट ज्योति थापा, दलितबाट मञ्जु परियार सर्वसम्मत निर्वाचित हुनुभयो । आदिबासी जनजाति महिलामा बुद्धमाया लिम्बू २ सय ८९ मतका साथ विजयी बन्नुभयो । त्यस्तै, आदिबासी जनजाति खुल्लातर्फ टिकाराम राई (बाझाहाङ) ३ सय १ र उमेश धिमाल २ सय ४५ मतका साथ विजयी बन्नुभयो । महिला सदस्यमा तीर्थमाया विश्वकर्मा, खुल्ला सदस्यमा गणेशकुमार श्रेष्ठ, भिष्म श्रेष्ठ, खस आर्य महिलामा लिला दाहाल पनि सर्वसम्मत निर्वाचित हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय