उर्लाबारी । भोलीदेखी चितवनमा सुरु हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिबेशनमा मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
सांसद् खतिवडाले प्रदेश नं. १ को खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुहुने भएको हो । प्रदेश नंं १ बाट खुल्ला केन्द्रीय सदस्यमा ४ जना निर्वाचित हुनुेछन् । ४ सिट मध्ये १ सिटमा आफुलाई विजयी गराईदिन उहाँले महाधिबेशन प्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभएको छ ।
सांसद् खतिवडाले एमालेको १० औँ राष्ट्रिय महाधिबेशनलाई एकताको महाधिबेशनको रुपमा रुपान्तरण गर्न आह्वान समेत गर्नुभएको छ । २०३४ सालमा कोअर्डिनेशन केन्द्रदेखी कम्युनिष्ट राजनीति सुरु गर्नुभएका खतिवडा मोरङ जिल्ला कमिटी, तत्कालिन कोशी अञ्चल कमिटी हुँदै हाल १ नम्बर प्रदेश कमिटी सदस्यको रुपमा सक्रिय हुनुहुन्छ ।























