उर्लाबारी । मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई सर्वाधिक मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ ।
मोरङ क्षेत्र नं. २ बाट उहाँले सर्वाधिक मत पाउनु भएको हो । लोकप्रिय युवा नेताको छबी बनाउनु भएका राईले ४ सय १५ मत ल्याउनुभयो । राई कांग्रेस मोरङ जिल्ला सचिबको उम्मेद्वारसमेत रहनु भएको छ । कार्यकर्ताहरुमा लोकप्रिय रहनु भएका राई जिल्ला सचिबको बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । पार्टीलाई चलयमान र एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा मोरङ जिल्लाभरी कांग्रेसको पकड स्थापित गराउन आफ्नो उम्मेद्वारी रहेको राई बताउँदै आउनु भएको छ । सरल, मिलसार र युवा उम्मेद्वार भएकाले पनि राईले जित्नै पर्ने उम्मेद्वारको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय