उर्लाबारी । नेपाली कांग्रेस मोरङको सभापतिमा वर्तमान सभापति डिगबहादुर लिम्बू र निवर्तमान क्षेत्रीय सभापति खड्ग फागोबीच मुख्य प्रतिष्पर्धा हुने सम्भावना बढेको छ ।
जानकार स्रोतका अनुसार लिम्बू कोइराला र फागो देउवा पक्षबाट उम्मेद्वार बन्ने सम्भावना बढेको हो । तर, फागोले भने यस बारेमा आधिकारिक रुपमा बोल्नु भएको छैन । संस्थापन समूहकै मानिने फागोलाई देउवा समूहले अगाडि बढाउन चाहेको छ । यसअघि देउवा समूहका मानिने लिम्बू यतिबेला कोइराला समूहमा हुनुहुन्छ । लिम्बूलाई काउण्टर दिनका लागि पनि देउवा समूहले फागोलाई अघि बढाउन चाहेको स्रोतको भनाई छ ।























