उर्लाबारी । नेकपा माओवादी उर्लाबारी नगरको प्रथम अधिवेशनबाट सहसचिबमा दिपक आले मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
आज उम्मेद्वारी दर्ताको क्रममा मगरको मात्रै सहसचिबमा उम्मेद्वारी परेपछि सर्वसम्मत निर्वाचित हुनु भएको हो । मगरसहित ५८ जना कार्यसमिति सदस्यसमेत सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।























