उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीको यही मंसिर ११ गते प्रथम अधिवेशन हुँदैछ । नगर अधिवेशनका लागि आज भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी दर्ता भएको हो । अध्यक्ष पदमा गजेन्द्र दंगाल, राजन दाहाल र चेतराज श्रेष्ठको उम्मेद्वारी परेको निर्वाचन समितिका सदस्य दिनेश सुवेदीले जानकारी दिनुभयो ।
उपाध्यक्षमा यामलाल रसाईली, खिलराज पराजुली (खगेन्द्र), टेकबहादुर भट्टराई, योगेन्द्र डाँगी, चन्द्रबहादुर धिमाल, समिर केसी कुईकेल र अमर सेलिङको उम्मेद्वारी परेको छ । खुल्ला उपाध्यक्ष दुई उपाध्यक्षका लागि ७ जनाको उम्मेद्वारी परेको हो । त्यस्तै, महिला उपाध्यक्षका लागि परमजिता गौतम र विनिता राईको उम्मेद्वारी परेको छ । दुईमध्ये एक जना निर्वाचित हुनु हुनेछ । त्यस्तै, सचिबमा पवन चौधरी र मोहनकुमार खनालबीच प्रतिष्पर्धा हुने देखिएको छ । सहसचिबमा दिपक आले मगरको मात्रै उम्मेद्वारी परेकाले उहाँ सर्वसम्मत निर्वाचित हुनुभयो । त्यस्तै, कोषाध्यक्षमा ओमप्रसाद खरेल र रमा थापा नेपालबीच प्रतिष्पर्धा हुने भएको निर्वाचन समितिका संयोजक पदम राईले जानकारी दिनुभयो । भोली दिउँसो ३ बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । सहमति कायम नभए मंसिर ११ गते दिउँसो १२ बजेदेखि मतदान हुने जनाइएको छ ।























