उर्लाबारी । मोरङ क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति एबं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो जिल्ला सभापतिमा नउठ्ने पक्का भएको छ ।
फागो मोरङ जिल्ला सभापति उठ्ने चर्चा चुलिएको थियो । तर, फागो स्वम्ले वर्तमान जिल्ला सभापति डिगबहादुर लिम्बूलाई नै समर्थन गर्दै सामाजिक सञ्जालमा भोट माग्नु भएको छ । कोइराला समूह मानिने फागोलाई केन्द्रीय नेताबाट जिल्ला सभापतिको उम्मेद्वार नबन्न दबाब परेको स्रोतले जनाएको छ । फागो जिल्ला सभापतिमा भिड्ने मोड बनाइसक्नु भएको थियो । क्षेत्रीय सभापति पुनः उठ्ने घोषणा गर्नुभएका फागोले अन्तिम समयमा ब्याक हुनु भएको थियो ।























