विराटनगर । उद्योगमा नेपालको पनि गल्ती देखिएका कारण मिलापत्र गराइएको काङ्ग्रेस विराटनगरका एक नेताले बताए । ‘दिवस नेपालको पनि कमजोरी रहेछ,’ ती नेताले भने, ‘नेपालका कारण सयौँ मजदुर आश्रित उद्योग बन्द नहोस् भन्ने हाम्रो चाहाना हो ।’

समाचार स्रोतका अनुसार मिलापत्र गर्दा सञ्चालक सिङ्घलले नेपाललाई क्षतिपूर्ति बापत ५० लाख दिएर कामबाट पनि निकालेका छन् । तर सहमति पत्रमा रकम उल्लेख छैन । प्रहरी उपरीक्षक जिसीले लेनदेनको विषय जानकारीमा नभएको बताए । तर बजार क्षेत्रमा नेपालले मोटो रकम लिएर काम छोड्ने सहमति गरेको हल्ला फैलिएको छ ।

‘लेनदेनमा मिलापत्र भएको छ,’ आरती स्ट्रिप्स स्रोतले भन्यो, ‘छलफलको समन्वय आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्नुभयो ।’

कुटपिटको घटना मिलाउन नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू सकिय भएका थिए । काङ्ग्रेस नेताको दबाबका कारण प्रहरीले सिङ्घललाई नियन्त्रणमा लिएको केही घण्टामै छाडेको थियो । प्रहरीबाट छुटेपछि मुटुरोगी सिङ्घललाई मोरङ सहकारी अस्पतालमा भर्ना गरिएको थियो ।

कुटपिटबाट घाइते नेपालको टाउकोमा चोट छ । लेनदेनको विषय बाहिर आएपछि दिवस नेपालले प्रतिक्रिया दिएका छैनन् । पटक–पटक प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

छलफलका लागि मन्त्रीले मध्यस्तता गरेको मन्त्रालय स्रोतले पुष्टि गरेको छ । तर मन्त्री केदार कार्कीले भने आफूले कुनै समन्वय नगरेको बताएका छन् । दिवस नेपाल र उद्योगका कर्मचारी छुट्टा–छुट्टै रूपमा भेट्न आएको उनले स्वीकार गरे ।

बुधबार बेलुका घाइते नेपालले आफूलाई पेस्तोल देखाएर कुटपिट भएको बताउँदै कानुनी उपचार खोज्ने बताएका थिए । तर बिहीबार बिहान उनी मिलापत्र गराउन राजी भएका थिए ।

आरती स्ट्रिप्ट उद्योगमा भारतीय चर्चित घराना भुषण ग्रुपको लगानी छ । सन् २०१९ मा चार अर्ब २५ करोड भारतीय रुपैयाँ अपचलन गरेको मुद्दामा भुषण ग्रुपका सदस्य सिङ्घललाई देश छाड्न प्रतिबन्ध लगाएको थियो ।

स्रोत ः कोशी अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय