विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति छनोटका लागि पुन: निर्वाचन हुने भएको छ ।

आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएका कारण पुन: निर्वाचन हुने भएको हो । कांग्रेस मोरङ सचिव मोदराज घिमिरेका अनुसार आज सोमबार नभए मंगलबार निर्वाचन हुनेछ । ‘हिजो निर्वाचन भएको ठाउँमा धेरै सानो भयो’ उनले भने, नयाँ मतदान स्थलमा भोलिसम्म पुन: निर्वाचन हुन्छ ।’

१४औं महाधिवेशन अन्तरगत मोरङको अधिवेशनमा आइतबार तीन हजार ४१४ मत खसेको थियो । आइतबार राति मतगणना हुँदा संस्थापनइतर पक्षका उम्मेदबार डिगबहादुर लिम्बुले एक हजार ५४४ मत प्राप्त गरे । शेरबहादुर देउवा निकट उम्मेद्वार दिलीप गच्छदारले एक हजार १६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौलासँग नजिक रहेका उम्मेद्वार यदुकुमार बिष्टले ५६३ मत प्राप्त गरे ।

पुन: हुने चुनावमा सबैभन्दा धेरै मत ल्याउने लिम्बु र दोस्रो हुने दिलीपबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय