उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीले जनता भेटघाट कार्यक्रम थालेको छ । नवनिर्वाचित उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगालको नेतृत्वमा जनता भेटघाट कार्यक्रम थालेको हो । बुधबार उर्लाबारी वडा नं. ७ को नमूना बाल गृह र जीवन बचाउ उपचार केन्द्रको अवस्थाका बारेमा जानकारी लिँदै खाद्यान्य सहयोग गरेको छ भने इलाका प्रहरी कार्यालय उर्लाबारीमा पनि भेटघाट कार्यक्रम गरेको सचिब पवन चौधरीले जानकारी दिनुभयो । उर्लाबारीमा रहेका सामाजिक संघसंस्थाको अवस्थाका बारेमा जानकारी लिएको र पार्टीको तर्फबाट आगामी दिनमा सक्ने सहयोग गर्ने अध्यक्ष दंगालले प्रतिबद्धता जाहेर गर्नुभयो । गरिब तथा विपन्न समूदायका समस्यालगायत बारेमा पनि पार्टीले गम्भिर रुपमा लिएको र त्यसको समाधानका लागि पनि पहलकदमी लिने उहाँको भनाई छ । जनयुद्धको क्रममा घाइते भएका, सहिद परिवार, पूर्व लडाकुलगायतका बारेमा पनि उर्लाबारी माओवादीले चासो लिएको छ । पार्टी नगर उपाध्यक्षहरु टेकबहादुर भट्टराई, खगेन्द्र पराजुली, परजिता गौतम, सचिब पवन चौधरी, कोषाध्यक्ष रमा थापा नेपाल, उर्लाबारी वडा नं. ८ का वडा अध्यक्ष सविन घिमिरे, प्रेस सेन्टर नेपाल पूर्वी शाखा अध्यक्ष सरोज बस्नेतलगायतको सहभागिता रहेको थियो ।























