काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३१५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ५९२ र एन्टिजेन विधिबाट १ हजार ८११ एन्टिजेन परीक्षण गरिएकोमा ३१५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख १७ हजार ४९५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ३ हजार ३६९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेको छ ।

हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय