उर्लाबारी । नेपाली कांग्रेसका चर्चित युवा नेता खड्ग फागोले प्रदेश नं. १ को सह–महामन्त्रीमा उम्मेद्वारी दर्ता गर्नुभएको छ ।
आज विराटनगरमा नेता फागोले आफ्नो उम्मेद्वारी दर्ता गर्नुभएको हो । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका मेयरसमेत रहनु भएका फागो प्रदेश नं. १ मा प्रभावशाली नेता मानिनुहुन्छ । कार्यकर्ताहरुमाझ परिचित फागोले सह–महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेपछि सबैको साथ र सहयोगमा चुनाब जित्ने प्रतिकृया दिनुभएको छ ।























