काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ४०० र एन्टिजेन विधिबाट १ हजार ४३६ एन्टिजेन परीक्षण गरिएकोमा २४६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख १७ हजार ७४१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३४७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ जना रहेको छ ।
हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।























