उर्लाबारी । नेपाली कांग्रेसको प्रदेश नं. १ को निर्वाचन शनिबार दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म हुने तालिका छ । नेपाली कांग्रेस केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेता कृष्ण सिटौलाको समूहको गठबन्धन र बरिष्ठ नेता रामचन्द्र पौडल तथा नेता डा. शेखर कोइराला समूहको गठबन्धनबीच प्रतिष्पर्धा हुँदैछ । देउवा तथा सिटौला समूहबाट सह–महामन्त्रीको उम्मेद्वार बन्नु भएका मोरङको उर्लाबारी नगरपालिकाका मेयर तथा मोरङ क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति खड्ग फागोको चर्चा चुलिँएको छ । युवा नेता फागो सबै कार्यकर्ता माझ परिचित हुनुहुन्छ । निडर र हक्की स्वभावका नेता फागोलाई जिताउनु पर्ने अधिकांश कार्यकर्ताहरुको जोड छ । पार्टी र कार्यकर्ताहरुको हितमा काम गर्न सक्ने फागोलाई अत्याधिक मतका साथ विजयी गराउन केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिबेशन प्रतिनिधिलगायतमा अपिल गरिएको छ ।
को हुन् खड्ग फागो ?
उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका का“ग्रेस मोरङ क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति खड्ग फागो प्रदेश नं. १ मा प्रभावशाली नेता मानिनुहुन्छ । नेपाली का“ग्रेसको वडा सहसचिव हु“दै २०४९ सालदेखि राजनीतिमा होमिनु भएका फागो तरुण दलको वडा सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय संयोजक, पार्टीको क्षेत्रीय कार्यसम्पादन सचिव हु“दै क्षेत्रीय सभापतिको जिम्मेवारी पूरा गर्नुभएको छ । उहा“ले राजनीति शास्त्रमा स्नातक (बिए) र ग्रामीण विकासमा स्नातकोत्तर (एमए) उपाधि हासिल गर्नुभएको छ । दुई कार्यकाल सर्वसम्मत क्षेत्रीय सभापति हु“दै गर्दा उहा“ले कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह समेत गर्नुभएको छ । सैद्धान्तिक र वैचारिक स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढेका युवा नेतृत्व हुनुहुन्छ । राष्ट्र र पार्टी सिद्धान्तप्रति युवालाई प्रोत्साहन गर्ने, युवाहरुलाई नेतृत्व दिलाउ“दै जाने लक्ष्य बोक्नु भएका फागोे विकासप्रेमी नेताको रुपमा परिचित हुनुहुन्छ । स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, अनियमितता रोक्न फागोले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रशंसा हुने गरेको छ । उहा“ले भन्ने गर्नुभएको छ, ‘जनताको पैसा एक रुपैया“ खान्न, कसैलाई खान पनि दिन्न ।’ मोरङ १ मा क्षेत्रीय सभापति हु“दा फागोको नेतृत्वमा भएका कार्यहरु अविश्मरणीय रहेका छन् । स्थानीय तहमा एमालेको किल्लाका रुपमा रहेका उर्लाबारी, लेटाङ, केराबारीमा नेतृत्व का“ग्रेसले जित हात पारेको छ । फागोको पार्टीप्रतिको क्रियाशीलता, सक्षमता, सबलता र नेतृत्वदायी भूमिकाबाट प्रेरित भएर नै यो क्षेत्रमा उहा“को कार्यकालमा ४ हजार २ सय जनाभन्दा बढी का“ग्रेस प्रवेश गरेका थिए ।
किन जिताउने प्रदेश सह–महामन्त्रीमा ?
राजनीति क्षेत्रबाट समाज रूपान्तरणको सपना बोकेर हि“ड्नु भएका खड्ग फागो नेपाली कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्री पदको उम्मेद्वार बन्नु भएको छ । राजनीतिलाई नितान्त सेवाको विषयका रुपमा उजागर गर्ने नेताका रुपमा आफूलाई स्थापित गराउ“दै आफ्नो क्षेत्रको विकास तथा विस्तारमा सदैव लाग्ने उहा“को अठोट छ । जनताको सेवा, संगठन सुदृढिकरण र संगठन विस्तारमा अहोरात्र खटिने उहा“ राजनीति ब्यवसाय नभई सेवाको रुपमा लिनु पर्ने तर्क राख्नुहुन्छ । उहा“कोमा समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र बाहिर उत्तिकै लोकप्रियता देखिन्छ । समस्या लिएर जाने जोकोहीको समस्या तुरुन्त समाधानको पक्षमा जाने बानीका कारण उहा“बाट धेरै प्रभावित बन्ने गरेका छन् । नेपाली काङ्ग्रेसलाई संगठन र विचारमा बलियो पार्टी बनाउन, कार्यकर्ताहरुको कामको मूल्याङ्कन राख्ने परिपाटी बसाल्न पनि फागोलाई प्रदेश सह–महामन्त्रीमा जिताउनु पर्ने देखिन्छ । नेपाली कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यबस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउ“दै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली का“ग्रेसलाई बहुमतका साथ विजयी गराउने प्रतिबद्धता जनाउनुभएको छ । पार्टीलाई बलियो बनाउन पार्टीका नीति, कार्यक्रमलाई व्यापक रूपमा प्रचारप्रसार गरेर प्रदेश नं. १ मा समय समयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, विभिन्न कार्यक्रमका माध्यमले स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रलाई जोड्ने, कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रभावकारी बनाउने र पार्टीलाई जनतास“ग जोड्नेलगायतका योजना फागोले अघि सार्नुभएको छ ।























