उर्लाबारी । कांग्रेसका युवा नेता तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो कांग्रेस प्रदेश नं. १ को सह–महामन्त्री पदको उम्मेद्वार हुनुहुन्छ । हालसम्म १ हजार २ सय मतको मात्रै परिणाम आएको छ । यो मत गन्दा नेता फागोको ७ सय २ मत रहेको छ । यो मत पदाधिकारीका उम्मेद्वारमध्ये सर्वाधिक हो । फागोले जित्ने लगभग निश्चित छ । तर, अझै ५ सय ५२ मत गन्न बाँकी छ । बिजय नहुँदै कतिपय कांग्रेसकै स्थानीय नेताहरुले बधाई तथा शुभकामना सामाजिक सञ्जालमा पोष्ट गर्न थालिरहेका छन् । फागोलाई बधाई तथा शुभकामना ओइरिएको छ । किन निर्वाचित नहुँदै बधाईको हतारो परेको भन्दै कतिपयले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय