काठमाडौं । विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भाइरस पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयले दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि गर्दै एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

संक्रमित दुवै जनाले कोरोना भाइरसविरूद्धको खोप प्राप्त गरिसकेका थिए । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय