काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ११४ र एन्टिजेन विधिबाट १ हजार ५०३ एन्टिजेन परीक्षण गरिएकोमा २६५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख १८ हजार ४४९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३५७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ जना रहेको छ ।
हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।























