उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ को सदस्यमा अर्जुन तुम्रोक निर्वाचित हुनु भएको छ । आदिबासी जनजाति कोटाबाट सर्वाधिक दोस्रो मत ल्याएर तुम्रोक विजयी हुनु भएको हो । तुम्रोकले ८ सय १७ मत पाउनुभयो । उर्लाबारी वडा नं. ३ निवासी तुम्रोक कांग्रेस राजनीतिमा राम्रो पकड बढाउँदै जानु भएको छ ।























