झापा । झापा जिल्लाको बुद्धशान्ति नगरपालिका वडा नम्बर ३ किनाराबस्ती घर भएकी अनुसा रसाइली नाम गरेकी एक महिला वैदेशिक रोजगारीको क्रममा दुबई गएकी रहिछिन् । पैसा कमाउने सपना बोकेर दुबई गएकी अनुसाको जिन्दगी नै बर्बाद गरिदियो यहि वैदेशिक रोजगारले । उनी दुबइमा काम गर्ने क्रममा उनको भेट सिराहामा बस्ने नुर खान नाम गरेका पुरूष सँग भएछ जुन भेट उनको जिबनकै सबैभन्दा दुर्भाग्यशाली भेट बन्यो ।
भेटघाट पछि बोलचाल अनि मायाप्रीति अनि त्यसपछी मायाको चिनोको स्वरुप अनुसाको पेटमा गर्भ । यति हुन्जेलसम्म उनिहरुको सम्बन्ध पनि राम्रै रह्यो । निरन्तरको भेटघाट, मिठोमीठो कुराकानी हुँदै जादा सम्बन्धमा भने तितोपन हुँदै गयो । नानी जन्मेपछी त वास्तै गर्न छोडेछ्न नुर खानले । पेटमा सात महिनाको गर्भ छ्हुन्जेलसम्म उनी बिदेशमा नै काम गरेर बसेकी रहिछिन तर त्यसपश्चात भने कम्पनीले थाहा पाएछ र उनको शरीर नै उनको शबु बन्न पुग्यो ।
पहिले काठमाडौं जाउ म सबैकुराको तारतम्य मिलाउछु भनेका नुर खान भने दुई महिनासम्म सम्पर्कमा नै आएनछ्न । दुइ महिनापछि भने अनुसाले खोजी गरेपछि नुरखान सम्पर्कमा आए र उनले काठमाडौं जाने सल्लाह दिए र खर्च सबै आफुले हेर्ने बाचा पनि गरे उनले । पैसा पनि पठाइदिएका नुर खान नानी जन्मेपछी भने अनुसालाइ हेर्न छाडेर त्यसपछी उनी एकाएक बेपत्ता भएका थिए र सम्पर्क बिहिन छन् । बाकी भिडियो मा हेरौ























