उर्लाबारी । उर्लाबारी जेसीजको नयाँ नेतृत्वका लागि कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ ।
यही मंसिर २४ र २५ गते बार्षिक साधारणसभा र शाखा अधिवेशनको मितितय भएसँगै चुनाबी चर्चा परिचर्चा सुरु भएको हो । भद्र सहमति अनुसार यस पटकको अध्यक्ष रमेश दाहाललाई दिने छ । तर, अन्य आधा दर्जन अध्यक्षमा दाबेदार देखिनु भएको छ । अध्यक्षका दाबेदार सन्दिप पौडेलको त सामाजिक सञ्जालमा उम्मेद्वारीसहित भोटको अपिल गरिसकिएको छ भने अर्का नविन श्रेष्ठ पनि अध्यक्षका मुख्य दाबेदार हुनुहुन्छ । त्यस्तै, राजकुमार लिम्बू (लोलिम), सिताराम ओझालगायतको नाम पनि चर्चामा छ । २०२२ को अध्यक्षमा यस पटक चुनाबै हुने सम्भावना देखिएको छ ।























