उर्लाबारी । उर्लाबारी जेसीजको २४ औं बार्षिक साधारणसभा तथा शाखा अधिवेशन आजदेखि सुरु हुँदैछ ।
तीन दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने २०२१ का अध्यक्ष अशोक धिमालले जानकराी दिनुभयो । उर्लाबारी–६ स्थित जेसीज सचिवालयमा बार्षिक साधारणसभा, मतदाता नामावली प्रकाशन, उम्मेद्वारी दर्तालगायतका कार्यक्रम आजै गरिने उहाँको भनाई छ । आज साँझ ५ बजे नै अन्तिम उम्मेद्वारको टुंगो लगाइने छ । भरसक सहमतिबाटै नेतृत्व चयन हुने बताइएको छ । अध्यक्ष पदमा सिताराम ओझा, तारानाथ दाहाल, नविन श्रेष्ठ र सन्दिप पौडेलको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय