उर्लाबारी । नेपाली कांग्रेसका युवा नेता तथा उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कुमार कँडेल (राजन) नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार बन्नु भएको छ । अपाङ्गता कोटाबाट उहाँ केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्ने हुनुभएको हो । उहाँले उम्मेद्वारी दर्ता गरेसँगै उहाँको चर्चा सुरु भएको छ ।
सवारी दुर्घटनामा परेर कँडेलले एउटा खुट्टा गुमाउनुपरो । तर, उहाँको काममा सहयोग गर्ने सयौं काँध र खुट्टाहरु कमाउनु भएको छ । सपाङ्ग वडाध्यक्षहरुभन्दा पनि उहाँ नियमित रुपमा काम गर्ने,बोलाएको ठाउँमा जुनसुकै क्षेत्रमा पुग्ने गर्नुभएको छ । ३६ वर्ष पुग्नु भएका वडाध्यक्ष कँडेलको २०६६ सालमा दुर्घटनामा भएको थियो । त्यसबेला धरानबाट एक बिरामीलाई हेरेर घर फर्केन क्रममा कानेपोखरीमा शाखा बाटोबाट आएको ट्याक्टर र नाइट बसको ठक्करमा परी दुर्घटनामा परेको थियो । उहाँ उक्त बाइको पछाडि सवार हुनुहुन्थ्यो । दुर्घटनामा उनी सवार बाइक ट्याक्टर र बसको बीचमा चेपिएको अवस्थामा थियो । उक्त दुर्घटनामा परी उहाँको ज्यान बचेपनि एउटा खुट्टा गुमाउनुपरेको थियो ।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहनु भएका वडाध्यक्ष कँडेल भन्नुहुन्छ,‘अपांगता भएका व्यक्तिहरुले त राम्रो काम गर्छ भने सपांगता भएकाहरुले अझ राम्रो काम गर्नुपरो । तर यहाँ गर्न सकेका छैन् ।’ अवसर पाएको खण्ड सापंगभन्दा र अपांगता भएकाहरुले अझ बढी राम्रो काम गर्न सक्ने उहाँको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय