काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीमा ६/६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

शनिबार उनीहरुले उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार उम्मेदवारी दर्ताको समय अघि सभापति पदका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, युवराज न्यौपाने र कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपसभापतिमा पुर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्री पदमा डा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

उता सहमहामन्त्री पदमा किशोर सिंह राठोर, रञ्जित कर्ण, जीवन परियार, वद्री पाण्डे, फरमुल्लाह मन्सुर, मान वहादुर विक, सुरेन्द्र चौधरी, देवराज चालिसे, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी गरी १२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय