काठमाडौँ । नेकपा एमालेले सातै प्रदेशका इन्चार्ज तोकेको छ ।
भक्तपुरमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले प्रदेशका इन्चार्ज तोकेका हो ।
जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे रहेका छन् । त्यस्तै, रघुवीर महासेठलाई प्रदेश २ को जिम्मा दिइएको छ ।
वागमतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।























