काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अर्थ तथा योजना विभाग गठन गरेको छ ।
वर्षमान पुन प्रमुख रहेको विभागको सदस्यमा अम्बिर बोगटी चयन भएका छन् ।
सिभिल बैंकका संस्थापक हुँदै पूर्व अध्यक्ष रहेका बैंकर बोगटी २०४६ सालको पञ्चायती व्यवस्था विरुद्ध बामपन्थी आन्दोलन देखी निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्छ ।
लोकतन्त्र, दिगो विकास, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति सक्रिय रहदै आउनुभएका काठमाडौँका तारकेश्वर निवासी बोगटीले मुलुकको अर्थतन्त्रमा समेत विभिन्न योग्दान दिँदै आएका छन् ।
माओवादीले गठन गरेको ३३ विभाग र प्रतिष्ठानमा विभिन्न नेतालाई जिम्मेवारी अनुरुप बर्षमान पुन प्रमुख र विन्दमान बिष्ट उपप्रमुख सहित ३५ सदस्य विभागिय कार्यसमिति रहेका छन ।























