काठमाडौँर । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
आइतबार निर्वाचन समितिले पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर राष्ट्रिय सभागृहमा टाँसेको छ ।
जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
यसअघि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका छन् ।























