उर्लाबारी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मोरङको उर्लाबारीका ३ जनाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ ।
उर्लाबारी वडा नं. २ का वडा अध्यक्ष कुमार कँडेल (राजन) ले अपाङ्गता कोटामा उम्मेद्वारी दिनुभएको छ भने सोही वडाका चिरञ्जिबी थापाले खस आर्यबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ । त्यस्तै, उर्लाबारी–५ निवासी शोभा चेम्जोङ पालुङ्वाले महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेद्वार बन्नु भएको छ । तीनै जनाले भोट मागिरहनु भएको छ । सोमबार विहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।























