काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा मतदान सुरु हुन ढिलो भएको छ ।
सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि तयारी नपुगेका कारण मतदान सुरु हुन नसकेको बताइएको छ ।
सभागृहलाई मतदान स्थल क र ख बनाइएको छ भने ग लाई भृकुटीमण्डपलाई बनाइएको छ ।























