उर्लाबारी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ जिल्ला कार्यसमितिको ५ औं जिल्ला अधिवेशनबाट पुनः दिनेश सुब्बाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
आज मोरङको कानेपोखरी गाउँपालिकामा भएको अधिवेशनले सुब्बालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा अशोक गुरुङ,सचिब अनिल श्रेष्ठ, सह–सचिव बबिता साम्पाङ राई र कोषाध्यक्ष राजकुमारी तामाङ सर्वसम्मत चयन हुनुभयो । त्यस्तै, सदस्यहरुमा सुरन्जन लिम्बू, सृजना धिमाल, राजेश राजवंशी, सुमन कुरुङ्बाङ, शिवहाङ राई, संगिता राई, सम्झना राई र विध्यानन्द चौधरीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, प्रादेशिक महाधिवेशन प्रतिनिधिमा सन्दिप राई, बबिता लिम्बू, अजित धिमाल, सन्तोष राई, ऋषि राई, सोनीकुमार आङ्देम्बे र बाबुराम मुडरियालाई चयन गरेको छ । त्यस्तै, संघीय प्रतिनिधिमा सुजाता लिम्बू, भक्तशेर लिम्बू र फिपराज बेघालाई चयन गरेको छ । कार्यक्रम मोरङ अध्यक्ष दिनेश सुब्बाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले रहनु भएको थियो । कार्यक्रम सञ्चालन सचिब अनिल श्रेष्ठले गर्नुभएको थियो ।























