नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपस्थित मतदान केन्द्रमा सोमबार बिहानदेखि मतदान जारी छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएकाे जानकारीअनुसार यो खबर तयार पार्दासम्म ३६ सय मत खसेको छ। सुरुमा साँझ ५ बजेसम्म मतदानको समय तोकिएकामा अपुग भएपछि राति ९ बजेसम्म लम्ब्याइएको छ। तर यस समयभित्र पनि मतदान सकिने अवस्था देखिएको छैन।

त्यसैले राति १० बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले  जानकारी दिए। ‘९ बजे सकिने भनेर सूचना जारी भए पनि १० बजेसम्म मतदान हुन्छ’, निर्वाचन समिति सदस्य रावलले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय