बेलबारी/ मोरङको बेलबारी–११ स्थित जङ्गलमा निगुरो टिप्न गएकी १६ वर्षीया दलित बालिका बलात्कृत भएकी छन् ।

जङ्गल गएकी बालिकामाथि मङ्गलबार अपरान्ह ४० वर्षीय होम तामाङले बलात्कार गरेको बेलबारी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकी बालबालिकासँग उनी निगुरो टिप्न गएका थिए । बालिकासँग रहेका अन्य बालकहरूलाई नियन्त्रणमा लिएर तामाङले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले बताए ।

नियन्त्रणमा लिएका बालकहरूलाई पालैपालो बालिकामाथि बलात्कार गर्न लगाएर उनले पनि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इन्स्पेक्टर ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय