काठमाडौं । काेराेनाभाइरसकाे संक्रमण तीब्र रूपमा बढी रहेका बेला चितवन र बुटवलमा थप एक–एक जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटकी एक मिहलाकाे मृत्यु भएकाे छ । उनी चन्द्रनिगाहापुर वडा नं. ५ की ६० वर्षीया महिला रहेकी छिन् ।

बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।

रौतहटकी महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको शनिबार बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय