उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. २ मा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सबैलाई सचेत रहन अपिल गर्नुभएको छ ।
पूर्वी कमाण्डसँगको टेलिफोन सम्पर्कमा मेयर फागोले उर्लाबारी नगरपालिका– २ कि ८४ बर्षीया कोरोना संक्रमित बृद्धा आमाको आज बिहान घरमै मृत्यु भएकोमा दुख ब्यक्तसमेत गर्नुभएको छ । उहाँले उर्लाबारीमा कोरोना भाइरसको कारण कोही आत्तिहाल्नु पर्ने अवस्था नरहेको र सतर्कता चाँही सबैले अपनाउनु पर्ने बताउनुभयो । भौतिक दुरी कायम गर्न र भिडभाडमा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न मेयर फागोले नगरबासीमा आग्रह गर्नुभएको छ ।























