उर्लाबारी । नेपाली कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले सक्षम व्यक्तिलाई कांग्रेसले नेतृत्व हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभएको छ ।
शुक्रबार उर्लाबारीमा भएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ उर्लाबारीको कार्यक्रमलाई सम्वोधन गर्दै सह–महामन्त्री फागोले वडा स्तरदेखि केन्द्रिय स्तरसम्म नेपाली कांग्रेसले सक्षम र सवल युवालाई नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउनुभएको हो । समृद्धिको सपना देखेर मात्र उपलव्धि हासील नहुने भन्दै उहाँले यात्रालाई टुंगोमा पु¥याउन सक्षम र सवल युवा दस्तालाई कांग्रेसले नेतृत्वदायी भूमिका प्रदान गरेर समृद्धिको यात्रामा लाग्नु पर्ने बताउनुभयो ।
नेपाली कांंग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्वुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र १ (क) सभापति नरबहादुर मोक्तान, उपसभापति लोलिम पोमु, जिल्ला सदस्य चिन्तामणी पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय