उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका डाक्टर कुटपिट घटनाका आरोपी धरौटीमा छुटेका छन् ।
मंगलबारे युवा क्लबका अध्यक्ष उर्लाबारी–३ का पीपलराज गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सुमन श्रेष्ठ धरौटीमा छुटेका हुन् । अभद्र व्यवहार कसुरमा मुद्दा खेपेका गिरीलाई २३ हजार र श्रेष्ठलाई ५ हजार धरौटीमा मोरङ जिल्ला प्रशासनले छाडेको इप्रका उर्लाबारीका इन्सपेक्टर देबेन्द्र दासले जानकारी दिनुभयो ।























