उर्लाबारी । उर्लावारीको पुरानो सहकारी उर्लाबारी–३ स्थित सुनपकुवा स्वालम्बी साकोसको निर्वाचन विवादका बीच सम्पन्न भएको छ ।
उर्लाबारी–२ स्थित सुनपकुवा मावि परिसरमा शनिबार निर्वाचन भएको थियो । निर्वाचन समितिका सदस्य राजनप्रसाद आचार्यले साधारण सभामा ४ हजार ७ सय ७१ शेयर सदस्यहमध्ये ३ हजार ५ सय ३९ को जनाको उपस्थिती थियो । यो ७४.९५ प्रतिशत हो ।
वर्तमान निर्वाचन प्रकृया गलत भएको भन्दै भरत कडेँलले गम्भिर आपत्ती जनाउँदै निर्वाचन केन्द्रमा विरोध गरेका थिए । यस्तै निवर्तमान लेखा समिति संयोजक तथा उपाध्यक्ष पदका उम्मेद्वार रमेश विष्टले चुनावी कार्यक्रमस्थलमा चुनाव स्थगित गराउन माग गरेका थिए । संस्थाको सञ्चालक समिति अध्यक्ष, उपाध्यक्ष र खुला सदस्यमा शनिबार चुनाव भएको हो । अध्यक्षमा हेमचन्द्र थापा, डिल्लिराम सापकोटा र विश्वनाथ ढुंगाना , उपाध्यक्षमा तिलादेवी खतिवडा र रमेश विष्ट लगायत खुला सदस्यमा अभिशेख पोख्रेल,दीपक आचार्य,नारायण भट्टराई,लिलमबहादुर बस्नेत, खेमराज कोईराला,नारदप्रसाद सुवेदी,रमेश सुवेदी र हरिवहादुर श्रेष्ठले उम्मेदवारी दिएका थिए । सचिवमा रविन भट्टराई , सह सचिवमा ज्योती थापा, कोषाध्यक्षमा राजेन्द्र आचार्यलगायत लेखा संयोजकमा गोविन्द प्रसाद भट्टराई र सदस्यमा सन्तोष लिम्बु र नारायणप्रसाद आचार्य सर्वसम्मत रूपमा चयन भएका छन् ।























