छविराज ढकाल/पथरीशनिश्चरे,

यहाँका सत्ता साझेदार ४दलले संयुक्त बैठक बसी गत कात्तिक २९ गते मोरङको पथरीशनिश्चरे नगरपालिकाको बैठकमा वड़ाध्यक्ष गोविन्द व भण्डारीमाथि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आदेशमा नगरप्रहरीबाट भएको दुर्व्यवहारप्रति घोर आपत्ति जनाएका छन् ।

आज बुधबार ति सबै दलका पथरीशनिश्चरे नगरकार्य समितिको संयुक्त बैठक बसी गत कात्तिक -२९ कते वार्षिक समीक्षा बैठकबाट बडा नं४का वडाध्यक्ष गोविन्द भण्डारीलाई प्रमुख दिलिप कुमार राई र प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद खरेलको ठाडो आदेशमा नगर प्रहरीबाट निकालिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
संयुक्त बैठक पछि नेपाली काँग्रेस, नेकपा-माओवादी, ज.स.पा.र एकीकृत समाजवादीका पथरीशनिश्चरे नगर समितिका अध्यक्ष तथा सभापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत कडा आपत्ति जनाएका हुन् ।

नगरको समिक्षा बैठकमा वडाध्यक्ष गोविन्द भण्डारीले उठाएका पालिकाको काममा भएका बेथिति, मनोमानी , अनियमितता र भ्रष्टचारका विषयलाई छलफलको विषय बनाई त्यस विषयको विकल्प खोज्नुको साटो आफुहरुले गरेको बेथिति , अनियमितता भ्रष्टचार विरुद्धका आवाजलाई दबाउन खोजेको भन्दै वडा अध्यक्षमाथि गैरकानूनी हुकुमी शैलीमा बैठफबाट नगर प्रहरी लगाएर अर्मयादीत तरिकाले निकालिएकोमा हामी घोर भर्त्सना गर्दछौं ।-विज्ञप्तीमा भनिएको छ ।

नेपाली कांग्रेस, पथरीशनिश्चरेका नगर सभापति रुपनारायण भट्टराई,नेकपा माओवादी केन्द्रकाका.वा.अध्यक्ष प्रेम ढकाल , जसपाका नगर अध्यक्ष फिपराज बेघा तथा एकीकृत नेकपा समाजवादीका नगर अध्यक्ष तुलसी ढकालद्वारा हस्ताक्षर गरेको विज्ञप्तिमार्फत ” तपशिल अनुसारका सार्वजानिक महत्वका विषय समेत उठाएका कारणले सो विषयहरुमा ३ दिन भित्रमा आमसमुदायमाझ पारदर्शी ढंगले सार्वजनिक गर्न यो ज्ञापन पत्र मार्फत अपिल गर्दछौ ‘ भनिएको छ ।

तपशिल :-

१. निर्वाचित जनप्रतिनिधीलाई बैठक हलबाट हुकुमी शैलीमा बैठक हल बाहिर निकाल्न आदेश दिने नगर प्रमुखले आफ्नो पदबाट राजीनामा दिनुपर्ने ।

२. जनप्रतिनिधीलाई बैठक स्थलबाट निकाल्न आदेश दिने प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई कडा कारवाही गरियोस् ।

३. वडाध्यक्षलाई मयांदा विपरित कठालो समाई बैठक स्थल बाहिर निकाल्ने नगर प्रहरीलाई तत्काल निलम्बन गरियोस ।

४. भ्रष्टचार तथा अनियमितताको विषयमा उठेका सवालहरुका बारेमा तत्काल सर्वदलिय छानवीन समिति तयार गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरियोस ।
५ बडा सचिव तारा निधी सापकोटालाई निलम्बन गरी छानवीन गरियोस् ।

६. दमकल, जेसीबी, एम्बुलेन्स गाडी ममत, इन्धन, घरभाडा, कर्मचारी नियुक्ति लगायतका विषयमा नगर प्रमुख र प्रशासकीय अधिकृतबाट पारदर्शी ढंगले जनतामाझ सार्वजनिक गरियोस् ।
७ , माथि उल्लेखित विषयमा ३ दिन भित्रमा सम्बोधन नभए गठबन्धनको बैठक बसी कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछ ।

सो बाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार नगर प्रमुख दिलिपकुमार राई स्वयम् हुनु पर्ने छ ।

८. पथरीशनिश्चरे १ को मुन्धुम चोकमा पुरानो पिपलचौकको सार्वजानिक जग्गामा नगरको निर्णय बेगर मनोमानी ढंगले बनेको भवनको छानवीन गरि सत्य तथ्य सार्वजानिक गरियोस्

९ , पथरीशनिश्चरे नगरपालिकामा भएको अमानवीय, अमर्यादित अत्याचारी कार्यले गर्दा आज हाम्रो नगरपालिका राष्ट्रमै नराम्रो छवी बनाउन पुयाउन कार्यमा सम्लग्न व्यक्तिहरुलाई पहिचान गरी सामाजिक रूपमा दण्डित गर्न आम जनसमुदाय, बुद्धिजीवी, नागरिक समाज संघ, संस्था, पत्रकार, प्रसाशन सबै सबैमा यो ज्ञानप पत्र मार्फत अपिल गर्दछौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय