गाउँमा बसिन्जेल कुर्सीहररू सोझा थिए । शहर पसेर कुर्सीहररू धेरैतिर फैलिए । यसरी कुर्सीहरू गाविस कार्यालय पुगे, नगरपालिका भवन पसे, जिविस भवन पसे, एनजिओ कार्यालय, मेनपावर, व्यपारीको कार्यालय, अस्पताल सबैतिर पुगे ।
अस्पतालमा कुर्सीहररू नहिँडुन् भनेर खुट्टा बाँधियो । गाउँपालिका, नगरपालिका र जिविसमा बोल्टु ठोकेर राखियो ।
जुन दिन कुर्सीहरु मन्त्रालय छिरे त्यसैदिनदेखि कुर्सीहरु ‘बसाहा’ भए ।
–कृष्ण उदाशी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय