
उर्लाबारी । पूर्वी मोरङको उर्लाबारी–५ मा सञ्चालित एभरेष्ट मल्टी टेक्निकल कलेज १३ औं बार्षिकोत्सब भब्यताका साथ मनाउने भएको छ ।
असार १४ गते आफ्नो १३ औं वार्षिकोत्सब विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित मनाइने कलेजका फाउण्डर तथा प्रिन्सिपल सुमन ढकालले जानकारी दिनुभयो । कलेजले १० हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।